फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै फ्यानहरूले ‘जेम्स बोन्ड’ को ‘नो टाइम टु डाई’ फिल्मको रिलिज मिति सार्न गरेको आग्रहलाई स्वीकार्दै निर्माण कम्पनिले फिल्म अब नोभेम्बरमा रिलिज गर्ने भएको छ । कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएपछि फ्यानहरूले निर्माता बारबरा ब्रोकोलीलाई रिलिज मिति सार्न आग्रह गरेको थिए ।
निर्माण कम्पनिले ट्विटर मार्फत फिल्म आउँदो नोभेम्बर १२ मा युके र नोभेम्बर २५ मा युएसएमा रिलिज हुने जानकारी दिएको छ । ‘जेम्स बोन्ड’ को २५ औं फिल्म ‘नो टाइम टु डाई’ आगामी अप्रिलको पहिलो साता रिलिज हुने तय थियो । तर , पछिल्लो समय विश्वमै फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै फिल्मको रिलिज डेट सारिएको हो । कोरोना भाइरसका कारण यसअघि चीनको बेइजिङमा आयोजना हुने भनिएको ‘नो टाइम टु डाई’ फिल्मको प्रिमियर रद्द गरिएको थियो ।
जेम्स बोन्ड फिल्म मात्र हैन हलिउडको ठुलो स्टुडियो मार्भल स्टुडियोबाट निर्माण भइ प्रदर्शनको तयारीमा रहेको केहि फिल्महरुको रिलिज डेटमा पनि हेरफेर भएको छ । मार्भलले आफ्नो महत्वपूर्ण ५ फिल्मको रिलिज डेट घोषणा गरेको छ । मार्भल युनिभर्समै रहेर तयार भएको ब्लैक विडो प्रतिक्षित छ । एभेन्जर्समा देखिएकी नताशाको क्यारेक्टरलाई लिएर तयार फिल्म जोन्सन स्कार्लेट शिर्ष भूमिकामा छिन् । फिल्ममा उनको कथालाई मात्र समेटिएको छ । मार्भल युनिभर्सको एभेन्जर्ससंगै क्याप्टेन अमेरिका सिरिजमा पनि उनलाई देखिएको थियो । यो फिल्मलाई अबदर्शकले अप्रिल ३० मा हेर्न पाउनेछन् । यद्दपी यसको डेट सर्न सक्ने अनुमान गरिएको छ ।
यसैगरी मार्भलकै प्रतिक्षित फिल्ममा पर्छ , द एटर्नल्स । यो फिल्मलाई दर्शकले ६ नोभेम्बरमा हेर्न पाउनेछन् । फिल्म केहि अगाडी रिलिज हुने संकेत देखिएको थियो तर अब यो नोभेम्बरमा हुनेछ । यसैगरी शाङ्ग ची एण्ड दा लिजेण्ड अफ द टेन रिङ्ग्स सन् २०२१ जी फेब्रुअरी १२ मा , डाक्टर स्ट्रेन्जको सिक्वेलको रुपमा प्रतिक्षित फिल्म डाक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याड्नेस सन् २०२१ कै ५ मेमा रिलिज हुनेछ । यो युएसए भन्दा २ दिन अगाडी भारत र नेपालमा रिलिज हुने सेड्युलमा छ । यसैगरी दर्शक माँझ लोकप्रिय थोर सिरिजको आउँदो सिरिजलाई दर्शकले सन् २०२१ को नोभेम्बर ५ मा हेर्न पाउने छन् ।
टली पोर्टम्यान पहिलो महिला ‘थोर’ सुपरहिरो बन्दैछिन् । आगामी सिरिज ‘थोरःलभ एण्ड थन्डर’ बन्न लागेकी हुन् । यसलाई टाइका वाइटिटीले निर्देशन गर्दैछन् । यस फ्रान्चाइजमा यो चौथो फिल्म हो । यसको पहिलो फ्रान्चाइज सन् २०११ मा आएको थियो । त्यसपछि यसका दुई संस्करणहरू क्रमशः सन् २०१३ र १७ मा रिलिज भएका थिए । (एजेन्सी)












