‘मुखिया’ बनिन् पारामिता

फिल्म । शुक्रबारबाट फिल्म ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । पछिल्लो केहि समय नेपाली फिल्म विहिन बनेका हलमा ‘दि कर्मा’ आएको हो । फिल्ममा बोल्ड एक्ट्रेस भनेर चिनिने पारामिता आरएल राणा यस फिल्ममा फरक भूमिकामा छिन् । देखिरहने भूमिका भन्दा फरक रुपमा प्रस्तुत भएकी पारामिता दर्शक प्रतिक्रियाको पर्खाइमा छिन् ।

आफ्नो भूमिका र स्क्रिप्ट राम्रो लागेको कारण फिल्म गरेको बताउने पारामिताले कलाकार भर्सटायल हुनुपर्नेमा जोड दिईन् । ‘हामी एकै किसिममा देखिनु हुदैन , केहि नयाँ गर्ने कोसिस हुनु पर्छ’ उनले भनिन् ।’मेरो क्यारेक्टर एउटा गाउँको मुखियाको हो , मलाइ जे ठिक लाग्छ त्यहिँ गर्छु’ उनले भनिन् । उनले फिल्ममा आफू अम्बिका दिदीको भूमिकामा रहेको बताइन् ।

तराईं क्षेत्रमा बसोबास गर्ने दर्शकहरुले ‘दि कर्मा’ एकदमै मनपर्न सक्ने उनको भनाई छ । यसैगरी उनले आफुलाई यसमा दर्शकले भिलेन अर्थात नकारात्मक भूमिकामा देख्ने समेत जनाइन । ‘मैले यस किसिमको भूमिका गरेको थिइन् त्यसैले प्रतिक्रिया कुरिरहेकी छुँ’ उनले भनिन् । उनले कलाकार भएपछि फिल्मको सफलता र असफलताभन्दा अभिनयमा जोड दिनुपर्ने मा जोड दिईन् ।

फिल्ममा परमितासँगै करण वर्मा, नीता ढुंगाना, बुद्दी तामाङ्ग, अनुप सक्सेनालगायतका कलाकारहरुको पनि अभिनय छ । जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’ लाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । फिल्मको पटकथा तथा संवाद शुशील पोखरेलको हो ।

कमेन्ट गर्नुहोस्