गसिप । ‘मारुनी’ पछि पुष्प खड्काका हातमा फिल्म छैनन्। एक-डेढ वर्षदेखि खाली छन्। ‘मारुनी’मा हल्लाखल्ला राम्रै भएको हो। यसको फाइदा भने पुष्पलाई खासै भएन। तर, ‘चालबाज’ भन्ने फिल्म, पहिला खेल्ने भनेका अभिनेताले नखेल्ने भएपछि पुष्पको हातमा आएको थियो।
उनले पनि फिल्मको कथा असाध्यै मन परेको भन्दै फिल्म साइन गरेको जानकारी गराएका थिए। तर, सँगै काम गर्ने भनिएकी वर्षा शिवाकोटीले फिल्मको सुटिङ सकाएर फर्किसकिन्, तर पुष्पले फिल्मको सुटिङ ज्वाइन गरेको खबर छैन। बरु कहिले जापान त कहिले अस्ट्रेलिया गरिरहेका छन्। नेपाल फर्केपछि पनि महोत्सव चहारिरहेका छन्। कतै पुष्पको हातबाट यो फिल्म पनि चिप्लिएको त हैन?
(सम्पूर्ण साप्ताहिकबाट साभार)
कमेन्ट गर्नुहोस्