दीपिकासँग निराजन र पल

49 Shares

फिल्म । निर्देशक दीवाकर भट्टराईको निर्माण र निर्देशन रहने फिल्म ‘तिमीसँगै हुने मन छ’ मा दीपिका प्रसाईंसँगै पल शाह र निराजन प्रधान देखिने भएका छन् । पुषको दोस्रो हप्ताबाट छायांकन सुरु हुने बताइएको फिल्ममा निर्माण पक्षले पल र निराजनलाई अनुबन्धित गरेको खबर छ । लभ स्टोरीमा बन्ने फिल्मको लागि निर्देशक भट्टराईले युवापुस्ता माँझ चर्चामा रहेका दुइ नायकलाई रोजेका हुन् ।

दीपिका , निराजन र पलले ‘आदत २’ नामक गीतमा पनि सँगै काम गरिसकेका छन् । पल र निराजन मिल्ने साथी पनि हुन । निराजनले यसअघि ‘जालो’ नामक फिल्ममा काम गरेका थिए । यसपछि उनले फिल्म ‘प्रेमालय’ साइन गरे । तर, घोषणा भएको ८ महिनासम्म पनि फिल्म फ्लोरमा नगएपछि उनले हात झिकेका थिए । त्यसयता उनी भिडियोमा व्यस्त छन् । अब, उनलाई ‘तिमीसँगै हुने मन छ’ मा देख्न पाइने भएको छ ।

कमेन्ट गर्नुहोस्