बन्ने भयो ‘माया बस्छ कि के हो ?’

फिल्म । राजु अधिकारीको निर्देशनमा फिल्म ‘माया बस्छ कि के हो ?’ बन्ने भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । नयाँ कलाकारहरु रहने फिल्ममा सोनाल तामाङ र कस्मता निरौलाले स्क्रिन साझेदार गर्दैछन् । यो दुबैको डेब्यू फिल्म हो । फ्याम्ली लभस्टोरी तथा हाँस्य कथामा आधारित भएर बन्ने फिल्मको असार दोस्रो साताबाट छायांकन सुरु हुने निर्देशक अधिकारीले जानकारी दिए ।

‘फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौ’ निर्देशक अधिकारीले भने ‘ नयाँ अनुहार मार्फत कथा भन्ने कोसिस गर्दैछौ ।’ फिल्मको सम्पूर्ण छायांकन युरोपमा हुनेछ । जनपुकार मिडिया हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी छन् । छायाँकार रविन्द्र बरालले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् ।

बहादुर सिंह तामाङ र कृष्ण गिरी कार्यकारी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले तयार पारेकी हुन् । पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ । फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ । सोनाल र कस्मतासँगै यसमा ध्रुव दत्त, बेनी ढुंगानालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

कमेन्ट गर्नुहोस्