फिल्म । दर्शकले रुचाएको जोडी पल शाह र पुजा शर्माको अनस्क्रिन रोमान्सलाई पुनः दर्शकले हेर्न पाउनेछन् । यी दुइको जोडीलाई पर्दामा प्रतीक्षा गरिरहेका दर्शकलाई निर्माण पक्षले तस्वीर सार्वजनिक गर्दै सरप्राइज दिएको छ । गीतको छायांकनको लागि पुर्वको इलाममा रहेको टिमले सार्वजनिक गरेको तस्वीरले यो जोडी रोमान्टिक छन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’ जस्तो यादगार फिल्म पस्किसकेका निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउछु २’ मा जोडीलाई रिपिट गरेका हुन् । सार्वजनिक तस्वीरले यो जोडीलाइ झनै प्रतिक्षित बनाएको छ । इलामको सुन्दर चिया बगानमा जोडी अझै रोमान्टिक छन् ।
निर्माण टिमले सात दिन लगाएर अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले तयार पारेको ‘तिम्रो घरको वरिपरी’ बोल गीतको छायांकन गरेको हो । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा गीत खिचिएको हो । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । भने, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन छ । लभस्टोरी फिल्म बनाउन खप्पिस मानिने निर्देशक थापाको फिल्ममा गीतलाई निकै सुन्दर ढंगले दृश्यांकन गर्ने गरिन्छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ । यो फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल हो ।











