फिल्म । पछिल्लो केहि समययता फ्यामिली ड्रामा फिल्म गरिरहेका अभिनेता शाहिद कपूर एक्सन अवतारमा प्रस्तुत भएका छन् । पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘कबिर सिंह’मा शाहिद मात्र छन् । केहिले यसलाई ‘द शाहिद कपूर शो’ पनि भनेका थिए । पछिल्लो फिल्म‘आर राजकुमार’ मा एक्सन ब्वाईको रुपमा प्रस्तुत भएका शाहिदले यसफिल्म मार्फत सबैको मन जितेका छन् ।
फिल्ममा शाहिदले गरेको अभिनयको तारिफ नगर्ने सायदै होलान् । सन्की र साहसी सर्जनको भूमिका निर्वाह गरेका शाहिदले आफुलाई हरेक सिनमा उस्तै प्रस्तुतिमा प्रस्तुत गरेका छन् । यो तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो भने यसलाई पनि सन्दीप रेड्डी भाङ्गाले नै निर्देशन गरेका छन् । फिल्मको बिजनेसको कुरा गर्ने हो भने यो शहिदको करियरकै सर्वाधिक कमाउने फिल्म हो ।
When the actor brings the character to life and feels his emotions, the audience will be glued to the screen. @shahidkapoor actually had goosebumps when #KabirSingh got to know that he’s going to be a father. Respect, Shahid. 👏🏼 pic.twitter.com/Xj8R4o8BO6
— Jαsminα 🔥 #KabirSingh (@JasminaSW) October 8, 2019
यसमा शाहिदको भूमिकाको पनि उत्तिकै चर्चा यतिबेला सम्म पनि हुने गरेको छ । पछिल्लो समय टिभी र नेटफ्लिक्समा रिलिज भएको कबिर सिंहलाई हेरेर एक फ्यानले शाहिदको प्रसंसा गरेका छन् । फ्यानले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै एक दृश्यमा शाहिदले देखाएको पर्फर्मेन्सको तारिफ गरेकी हुन् । शाहिदले फिल्मको क्लामेक्समा कियारालाइ भेट्छन् ।

जहाँ उनलाई आफु बुवा बन्न लागेको थाहा हुन्छ । त्यसबेला शाहिदले कियारालाई अंगालो हाल्छन । उत्क दृश्यमा शाहिदको ग्लुजबाम निस्किन्छ । अर्थात् उनि क्यारेक्टरमा निकै नै डुबेको अनुभूति सिनले दिन्छ । फ्यानले सिनको बारेमा चर्चा गरेसँगै शाहिदले पनि आफ्नो प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत नै दिएका छन् । (एजेन्सी)










