जनकपुर देखि बलिउडसम्मको यात्रा सहज थिएन – प्रवेश

काठमाण्डौ , नेपाली कलाकारको सपना हुने गर्छ बलिउड र हलिउड । किनकी त्यहाँ सिर्जना हुने सामाग्रीले ठुलो बजार पाउने गर्छ । बजार मात्र नभनौ एक सर्जकको सिर्जनाले धेरैको साथ् पाउने गर्छ । त्यसैले गर्दा पनि कलाका सर्जकको सपना त्यसतर्फ आकर्षित हुने गर्छ । त्यसो त केहि वर्ष अगाडीसम्म पनि नेपालबाट बलिउड जाने सपना धेरैको हुन्थ्यो किनकी त्यहाँ नेपाली मुलका उदित नारायण झा , मनिषा कोइराला लगायत स्थापित भइसकेका थिए । त्यसैले गर्दा पनि त्यहाँ पुग्ने सपना हेर्दा क्षमताले पुरा गर्न सक्ने सामर्थ्य थियो , हाम्रा कलाकारलाई । केहि वर्ष अगाडी यस्तै सपना देखेका थिए , प्रवेश मल्लिकले ।

जनकपुरमा जन्मिएका प्रवेश सांगीतिक माहोलमै हुर्किए । उनले संगीतलाई सानै देखि शिक्षासंगै ग्रहण गरे । सानै देखि संगीतमा लगाव भएता पनि प्रवेशले बाध्यताले अर्कै पेशामा गए । तर अन्तत उनले संगीतमै सफलता हात पारे । पछिल्लो समय उनले नेपाली फिल्म ‘संरक्षण’ र ‘फाटेको जुत्ता’ मा आफ्नो संगीत र स्वर दिईसकेका छन् । यतिबेला आईएम सरि बोलको गीत चर्चामा छ जसलाई प्रवेशले तयार पारेका हुन् । उनि बलिउडमा संघर्ष गरिरहेका छन् । उनले जय गंगाजल र बरेली की बर्फी फिल्ममा काम गरिसकेका छन् भने अब छिटै नै करण जोहरको धारमा प्रोडक्सनको एक फिल्मलाई उनलाई कम्पोजरको रुपमा सुन्न पाइनेछ भने मिल्यो भने भोकल पनि । तर प्रवेशलाई बलिउडमा इन्ट्री गर्न त्यति सहज भने थिएन , उनले धेरै संघर्ष गरेका छन् । हामीसंग यिनै प्रवेशले संघर्षको कथा खुलाएका छन् । संगीतमा लगाव मेरो सबै फ्यामिली नै संगीतमा हुनु भएकोले गर्दा म सांगीतिक माहोलमै हुर्किए । मेरो अभिभावक मैथली गीतसंगीतमा हुनुहुन्थ्यो सायद त्यसैको प्रभाव हुन् सक्छ । मैले पनि संगीतलाई नै जीवन बनाउने सोच बनाउन थाले । मैले उच्च शिक्षा हासिल गर्दै गर्दा एक नेपाली र मैथली भाषाकै दुई एल्बम पनि ल्याए । मुटु भरि माया , छौडा तोहरा बज्जर खस्थो र गीत घर घर के एल्बम ल्याए । मैथली गीतलाई त जनकपुर लगायतका स्थानमा रुचाइयो तर म्युजिक नेपाल मार्फत ल्याएको मुटु भरि माया भने ओझेलमै पर्यो । त्यसपछी म अध्यनकै शिलशिला दिल्ली गए । मध्यम परिवारको भएकोले गर्दा मैले म्युजिकलाई नै करियर बनाउने अवस्था त थिएन तर अरु काम गरेता पनि म्युजिक भने छाड्न सकिन ।

दिल्लीको बसाई र संघर्ष सुरुवाती दिनमा रहर हुदा हुदै पनि मैले संगीतलाई शिक्षाको रुपमा लिन सकिन । मैले प्राविधिक शिक्षालाई परिवारको आग्राहमा अगाडी बढाए तर अन्तत जे मन मा थियो त्यो त कहाँ जान्थ्यो र । मैले दिल्ली युनिभर्सिटीबाट संगीतमा मास्टर्स गरे । किनकी मैले पढ्नु त संगीत नै थियो अन्य पढाइ त म घरको लागि पढ्दै थिए । सायद यसैले गर्दा होला यसमै संघर्ष गरे अनि यसमै रमाए ।

मुम्बई यात्रा संगीत सिक्दा सिक्दै मैले केहि काम पनि गरे । संगीत सिकाउथे भने जिंगलहरु पनि बनाउथे । विवाहपछी मैले संगीतलाई निरन्तरता शिक्षकको रुपमा लिए । किनकी म केहि पारिवारिक दायित्वमा अल्झीए भने संगीतलाई सिकाउने तरिकाले निरन्तरता दिन थाले । कम्पोज नगरेको होइन तर त्यसको कुनै अर्थ थिएन , सायद मैले आफ्नो उदेश्य नै भुलीसकेको थियो तर मेरो श्रीमतीले त्यसलाई भुलिनन् । उनैले मेरो राजनीमा लेखेर म शिक्षक रहेको स्कुललाई पठाइन र मलाइ दिल्लीबाट मुम्बई । मैले पनि ५ वर्षको जागिर छाडेर मुम्बई लागे ।

बलिउडसंग सम्पर्क मुम्बई त पुगे तर म एक्लो थिए । सन् २०१३ मा त्यहाँ पुगेको थिए । मेरो एक भाईको रिलेटिभ सन्तोष मण्डल थिए । उनि प्रकाश झाले निर्देशन गर्ने फिल्ममा सम्पादकको रुपमा कम गर्छन । उनले धेरै फिल्ममा सम्पादनको काम गरेका छन् । उनलाई एक पार्टीमा भेटेपछी मेरो बारेमा भाईले कुरा गरे । त्यति बेलात उहाले केहि भन्नु भएँन तर जब प्रकाश झा प्रोडक्सनबाट जय गंगाजल बन्ने भयो मलाइ बोलाउनु भयो ।

बलिउडमा पहिलो दिन मुम्बई आए देखि नै संघर्ष गरिरहेको थिए । दिल्लीमा त जागिर थियो तर यहाँ आए देखि नै त्यस्तो केहि काम थिएन , संगीतमै दिन बित्थ्यो । कहिले काही आउने जिंगलले गुजारा चलाएको थिए । भाई मार्फत सन्तोषजीलाई भेटेको पनि दुई वर्ष भईसकेको थियो तर अझै फोन आएको थिएन । सन्तोषजी ले फोन गरेको भनेको एक दुई महिना त फोन पनि नेटवर्क आउने ठाउमा फुल चार्जमा राख्ने गरेको थिए । तर दुई वर्षपछी मलाई जय गंगाजल बन्दै छ , आफुसंग भएका संगीत लिएर आउनु भन्ने खबर आयो । मलाइ फ्लोक गीत लिएर आउनु भन्नु भएको थियो त्यो पनि रेकर्डिङमा तर मसंग त्यो थिएन । अनि मैले हार्मोनियममा सामान्य स्क्र्याच बनाएर लिएर गए ।

प्रकाश झाको प्रोडक्सनमा गएर पनि केहि समय कुरेर उहालाई भेट्ने अवसर पाएको थिए । मुम्बई इन्टरपछी आफ्नो सपनालाई मुर्तरुप दिने अवसर पाउदै थिए । पहिलो भेटमै मैले उहालाई आफुसंग भएका केहि संगीत सुनाए । त्यसपछी उंहाले मलाइ ३ दिनको समयमा दिनु भयो । उहाले मलाइ केहि अवस्था दिएर समय दिनु भयो । तिन दिनपछी गएर भेटे र मैले सुनाएका संगीत मध्ये केहिलाई उहाले मन पराउनु भयो र मैले काम गर्ने अवसर पाए । उहाले मलाइ संगीतकार सलिम र सुलेमानलाई भेटाउनु भयो । उहाको स्टुडियोमा जादा जस्तो देखेर गएको थियो त्यो भन्दा फरक पाए । उहाले मेरो भोकललाई रुचाउनु भयो त्यसपछी मलाइ नै दुई फिल्ममा गीत गाउन दिनु भयो । त्यसपछी मेरो नेटवर्क बन्यो । त्यसपछी मलाइ सानो काम त आउथ्यो नै ठुलो काम पनि उत्तिकै गर्न थाल्यो । गंगाजलको मैले जुन टेक्सरको कारण पाएको थिए बरेली की बर्फीमा र्याप लेख्ने र गाउने मौका पनि त्यसैले गर्दा नै पाए ।

नेपाली गीतसंगीतसंग पनि जोडिए नेपाली फिल्ममा फेरी आउनुको कारण भने पुर्नेन्दु झा नै हुन् । उनले मैथली भाषामै एक शर्ट फिल्म बनाएका थिए , जसमा संगीत मेरो रहेको थियो । सायद त्यो उसलाई मन पर्यो होला त्यसैले उहाले फिल्म सुरु गर्ने बेलामा खोज्नु भयो । म दिल्लीमै थिए अनि पुर्नेन्दुले भेट्दा मलाई फिल्ममा होलिको गीत बनाउन भन्नु भयो । सुरुवातमा त त्यो फिक्ममा एउटा मात्र गीत थियो तर पछी मलाइ अन्य गीत पनि आयो । अनि त्यो फिल्ममा गरेको गीतकै कारण अर्को गीत आईएम सरि पनि पाए । संरक्षणमा जोडीईसकेपछी कामेश्वर चौरासियासंग चिनजान भयो । पछी उहा फाटेको जुत्तामा अभिनय गर्नु हुने भएछ । त्यसपछी उहाले नै निर्देशक निकेश खड्कालाई रिफर गर्नु भएछ । त्यसपछि फोनमा कुरा भएर मैले केहि बनाएर फटाए । सुरुवातमा सौगात मल्ललाई नै त्यो गीत गाउँन दिने कुरा थियो तर अन्तत डमी आवजलाई मन पराएपछी मैले नै गाए । यतिबेला यो गीतले पनि मलाइ राम्रै चर्चा दिईरहेको छ ।

अबको संगीत यात्रा यतिबेला केहि सफलता त मैले पाई सकेको छु तर संघर्ष जारि नै छ । अझै जिम्मेवारी बढेको छ भने मेहनत पनि । यतिबेला आएर धर्मा प्रोडक्सनको ब्यानरमा बन्ने एक फिल्म जसलाई सन्तोष सिंहले निर्देशन गर्दैछन् त्यसमा संगीत गर्दैछु भने आनन्द एल रायको प्रोडक्सन हाउसबाट बन्ने फिल्ममा पनि काम गर्दैछु । त्यो संगै नेपाली फिल्म ‘भर्गो’ मा पनि काम गर्दैछु जसलाई पुर्नेन्दुले नै निर्देशन गर्दैछन । सफलता त केहि हदसम्म मिलेको छ तर यो नै गन्तव्य हैन अहिले बल्ल सुरुवात गर्दैछु । बलिउड फिल्ममा काम गर्नु मेरो सपना हो भने नेपाली संगीत सिर्जना गर्नु रहर ।

कमेन्ट गर्नुहोस्