रोहितको फिल्ममा अक्षय हिरो

फिल्म । पछिल्लो समय निर्देशक रोहित शेट्टी ‘सिम्बा’ को कारण चर्चामा छन् । फिल्मको ट्रेलर र गीतसंगीत सार्वजनिक भएसँगै यसको चर्चा बढ्दो छ । तर रोहितले यसपछी भने अन्य प्रोजेक्टको बारेमा बताईसकेका छैनन् । तर उनले अक्षय कुमारलाई लिएर फिल्म निर्देशन गर्ने चर्चा बढ्दो छ । पछिल्लो समय सोसल ड्रामा जनरको फिल्ममा अभिनय गरिरहेका अक्षय आफ्नो राउडी अवतारलाई पर्दामा उतार्न चाहेका छन् ।

प्रभु देवाको निर्देशनमा तयार भएको फिल्म ‘राउडी राठौर’ मा अक्षय एक्सन अवतारमा प्रस्तुत भएका थिए । त्यसयता उनलाई उक्त अवतारमा दर्शकले देख्न पाएका छैनन् । दर्शक पनि रोहितको स्टाइलमा खिलाडी एक्टर अक्षयलाई देख्न चाहन्छन । यी दुईले छिटै नै फिल्म गर्ने खबरले यतिबेला बि-टाउनमा राम्रो चर्चा पाइरहेको छ ।

कमेन्ट गर्नुहोस्