कस्ता फिल्म आउँदैछन् ओटीटीमा ?

फिल्म । अहिले हलसँगै ओटीटीमा पनि उत्तिकै फिल्म आइरहेका छन् । यो साता नेटफ्लिक्समा दुई हिन्दी र तीन अङ्ग्रेजी भाषाका फिल्म प्रदर्शन हुँदैछन् । यस्तै, जियो हटस्टारमा तीन फिल्म, प्राइम भिडियोमा दुई फिल्म प्रदर्शन हुँदैछ ।

‘ह्यापी गिलमोर २’ सन् १९९६ को खेलकुद कमेडी फिल्म हो । यो फिल्म पहिलो फिल्मको घटना भन्दा २९ वर्षपछि आधारित छ । ह्यापी अब अवकाशप्राप्त छन्, तर आफ्नी छोरीको ब्याले ट्युसन तिर्न फेरि खेलमा फर्किन्छन् । यो फिल्म २५ जुलाईमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

२५ जुलाई मै ‘मण्डला मर्डर्स’ नामक फिल्म प्रदर्शन हुँदैछ । नेटफ्लिक्समा रिलिज हुने यो फिल्ममा दुई जासूसहरू शान्त गाउँमा भएका हत्याहरूको अनुसन्धान गर्छन् । तर गाउँले एउटा गोप्य समाज र इच्छा पूरा गर्ने रहस्यमय मेसिन लुकाएको छ । यी सबै कसरी जोडिएका छन् ? यस्तै, कथा फिल्ममा देख्न पाइन्छ ।

२५ जुलाई मै आउने अर्को फिल्म हो ‘रङ्गीन’ । प्राइम भिडियोमा रिलिज हुने फिल्ममा आफ्नी पत्नीले पुरुष एस्कर्टसँग सम्बन्ध राखेको थाहा पाएपछि, नायकले अप्रत्यासित रूपमा सोही पेशामा प्रवेश गर्ने निर्णय गर्छ । यो निर्णयले उनीसँग जोडिएका सबैको जीवनमा ठूलो प्रभाव पार्छ । यो कथा अमेरिकी ड्रामा सिरिज ‘साटिस्फ्याक्सन (२०१४–२०१५)’ सँग समानता राख्छ ।

२५ जुलाईमै रिलिज हुने अर्को फिल्म ‘सर्जमिन’ रहेको छ । जिओ हटस्टारमा प्रदर्शन हुने यो फिल्ममा पृथ्वीराज कश्मीरमा आतङ्कवाद नियन्त्रण गर्ने सैन्य अधिकारीको भूमिकामा छन् । उनका छोरा, जसको भूमिका इब्राहिम अली खानले निभाएका छन्, बाल्यकालमा बाबुको माया र प्रशंसा नपाएर ठूलो खतरा बन्छन् । यी दुईबीचमा काजोलले इब्राहिमकी आमाको भूमिका निभाएकी छन् ।

२५ जुलाईमै हुलु नामक ओटीटीमा ‘वासिङ्टन ब्ल्याक’ नामक फिल्म रिलिज हुँदैछ । यो अवधि ड्रामा दुई समयरेखामा आधारित छ । यो सिरिजले दासको जीवन, उनको बाल्यकालको भाग्ने कथा र वयस्क जीवनमा उनले कसरी विश्व भ्रमण, वैज्ञानिक आश्चर्य, रोमान्स र बाँच्ने कथा देखाउँछ ।

कमेन्ट गर्नुहोस्