प्रदीपको फिल्ममा मह जोडी

फिल्म । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा हात हालेका प्रदीप भट्टराईले दोस्रो फिल्म ‘शत्रु गते’ मार्फत मह सञ्चारको निर्देशक बने । उनले टेलिफिल्ममा निर्देशक र मुख्य सहायक निर्देशक भएर काम गरेता पनि फिल्म भने एउटामा मात्र काम गरेका थिए । ‘शत्रु गते’ को सफलतापछि यो टिमले फेरी सहकार्य गर्ने भएको छ । तेस्रो फिल्म मार्फत पनि दर्शकको मन जित्दै ह्याट्रिक गरेका छन् ।

जात्राबाट प्रारम्भ गरेको यात्रा उनले शत्रु गते हुँदै जात्रै जात्रासम्म ल्याउँदा पनि दर्शकको विस्वास घट्न दिएका छैनन् , उल्टै बढाउन सफल भए । नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समिक्षकबाट तारिफ पाउँदैन किनकी त्यो अनुसारको बन्दैन । तर , निर्देशक भट्टराईकै लेखन रहेको फिल्मले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रस्ट्याएका छन् ।

जात्राकै निर्माण समुह षटकोण आर्ट्सको फिल्ममा मह जोड हुने भएका हुन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहने भएता पनि मह सञ्चारको व्यानर रहने या नरहने भने खुलाइएको छैन । फिल्ममा प्रदीप भट्टराईकै लेखन तथा निर्देशन रहनेछ । फिल्मको नाम केहि दिनमा सार्वजनिक गर्ने तयारीमा रहेको टिमले रिलिज डेट भने आउँदो वर्ष २०७७ को कार्तिक ७ लाई तय गरेको छ ।

कमेन्ट गर्नुहोस्