बसन्तको संगीतमा ‘हावा चल्यो’ (भिडियो)

संगीत । गायक निशान भट्‍टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक हावा चल्यो बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् ।

गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ । नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्