दिनेशले ल्याए ‘फर्केर आएन मायालु’ (भिडियो)

संगीत । दशक अघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर सांगितिक बजारमा आएका छन् । दिनेशको ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । पुस्तक प्रसादको शब्द संगीत रहेको यो गीतसँगै संगीत जगतमा दिनेशको कमव्याक भएको छ ।

म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ । निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । दिनेशको ‘म इश्वर भएको भए’, ‘इमान बेचिदिन्छ मान्छे’, ‘छाती भित्र पतझड राखेको छु’, ‘हो यस्तै रहेछ माया’ लगायतका गीत चर्चित छन् ।

कमेन्ट गर्नुहोस्