उच्च शोसँगै ‘कबड्डी कबड्डी कबड्डी’ बुकिङ खुल्यो

फिल्म । यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ हो । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई लिएर फिल्मकर्मी मात्र होइन , हल संचालक पनि उत्तिकै आश्वादी छन् । जसलाई यसले प्राप्त गरेको शो ले प्रस्ट्याएको छ । मंगलवार नै यसलाई नेपालको सबैभन्दा बढी चेन भएको क्यूएफएक्स सिनेमाज्ले सर्वाधिक सोज बाँडेको छ ।

काठमाडौंको पाँच स्टेशनमा फिल्मलाई ३८ शो दिइएको छ । यसअघि कुनै नेपाली फिल्मले यो संख्यामा सोज पाएका थिएनन् । यो नेपाली फिल्मले पाएको सर्वाधिक शो नै हो । त्यस्तै, ‘कबड्डी कबड्डी कबड्डी’ लाई क्यूएफएक्सले मोफसलको आफ्नो चार स्टेशनमा २७ सोज बाँडेको छ । फिल्मको व्यापारिक हिसाबमा मुख्य कारक मानिएको क्यूएफएक्स चेनले फिल्मलाई आफ्नो देशभरका ९ वटा हलमा कूल ६५ सोज दिएको छ ।

फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले मंगलबारबाटै एडभान्स बुकिङ ओपन गरेको हो । बुकिङ खुलेसँगै दर्शकले आफ्नो सिट ‘रिजर्भ’ गर्न थालिसकेका छन् । क्युएफएक्सले दिएको शो हेर्दा अन्य मल्टिप्लेक्समा पनि यसले उच्च शो पाउने अड्कल गरिएको छ । फिल्मले राजधानी स्थित क्युज सिनेमाजमा ६ शो , एफक्युबमा ६ शो पनि पाइसकेको छ । यो शोहरु बढ्ने सम्भावना छदैछ ।

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ पछि यस फिल्मले राम्रो व्यपार गर्ने सम्भावना देखाएको हो । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

कमेन्ट गर्नुहोस्