फिल्म । बलिउड अभिनेता इरफान खानकी आमा सइदा वेगमको निधन भएको छ । ९५ वर्षीय सइदाको निधन निवास जयपुरमै भएको हो । पछिल्लो समय केहि समय यता विरामी रहेकी सइदाको निधन हुँदा इरफान भने देशमा छैनन् । केहि समय यता आफ्नो उपचार गराईरहेका इरफान विदेशमा छन् । उनि आफ्नो पछिल्लो फिल्म ‘अंग्रेजी मिडियम’ को काम सकेर विदेशिएका थिए । डाक्टरकै सल्लाह अनुसार उनले स्वास्थ्य लाभ गरिरहेका थिए । आमाको निधनको खबर पाए पनि लकडाउनको कारण इरफान स्वदेश आउन सकेका छैनन् ।
कमेन्ट गर्नुहोस्