जाफ्नामा ‘बुलबुल’

फिल्म । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ले राम्रो समिक्षा बटुल्यो । फिल्मले बिजनेस सोच अनुसारको नगरेता पनि यसले हेर्नेले रुचाए । लिड क्यारेक्टर स्वस्तिमा खड्काको अभिनयको चर्चा भयो । उनले अन्तराष्ट्रियसँगै राष्ट्रिय अवार्ड पनि जितिन् । निर्देशक विनोद पौडेलले पनि डेब्यु फिल्ममै राष्ट्रिय अवार्ड जिते । साथै , पछिल्लो समय यसले विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा समेत आफुलाई अब्बल सावित गर्ने प्रयासमा छ ।

यसै क्रममा ‘बुलबुल’ पाचौं जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभलका लागि छनोट भएको छ । जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभल सेप्टेम्बर ३–९ तारिकसम्म श्रीलंकामा हुँदैछ । जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभलमा नेपालसँगै अफगानिस्तान, भारत, भुटान, फिलिपिन्स, न्युजिल्यान्ड र बंगलादेशका फिल्म पनि छनोट भएका छन् । यस फेस्टिभलमा कथानक फिल्मसँगै सर्ट फिल्म पनि समावेश हुन्छन् ।

कमेन्ट गर्नुहोस्