करणलाई साउथकै भर

फिल्म । बलिउडमा करण जोहरलाई निर्माता र निर्देशकको भिडमा अग्रपंगतीमै ल्याइने गरिन्छ । किनकी उनले सुरुवाती दिनमा बनाएका फिल्मले दर्शकको मन जितेका छन् । उनले बलिउडमा भित्र्याएका कलाकारलाई भ्याई नभ्याई छ । तर , पछिल्लो समय करण भने साउथकै फिल्ममा भर परिरहेका छन् ।

उनले धडकलाई हिन्दी भाषामा निर्माण गरेसंगै प्रारम्भ भएको शिलशिलाले निरन्तरता पाएको छ । पछिल्लो समय कबिर सिंहको सफलतापछि करणले यतिबेला साउथको फिल्म रिमेक गर्ने चर्चा बढ्दो छ । उनले ‘जर्सी’ नामक फिल्मको हिन्दी रिमेक गर्ने चर्चा चलेको थियो तर यतिबेला उनले मनसाय बदलेका छन् । फिल्मको राइट्स खरिदमा कुराकानी नमिलेपछि उनले ‘डियर काम्रेड ‘ को रिमेक गर्ने भएका छन ।

करण आफैले ट्विट गर्दै यसको जानकारी दिएका हुन् । उनले फिल्मको कथावस्तुसंगै संगीतको पनि निकै प्रसंसा गर्दै यसलाई धर्मा प्रोडक्सनले निर्माण गर्ने जानकारी दिएका छन् । फिल्ममा शाहिद कपूर हुन् सक्ने सम्भावना छ । उनले शाहिदलाई लिएर फिल्म बनाउने तयारी गरिरहेका छन् । शहिदको विषयमा अधिकारिक घोषणा नभएता पनि करणको उनि पहिलो रोजाइ हुन् । अब हेरौ , अर्जुन रेड्डीको रिमेकबाट आफ्नो स्टारडम फर्काएका शाहिदले लगतै साउथ रिमेकमा काम गर्छन् या गर्दैनन् ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्