ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९ हुँदै

फिल्म । हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्ने भएको छ । जनजाति फिल्म एवं संगीत अवार्डको घोषणा सोमबार मात्रै गरिएको हो । आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको जानकारी हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले दिए । ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

यस कालखण्डमा निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ । फिल्मतर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ । घोषणा समारोहमा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति फिल्मको अन्तराष्ट्रियकरण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा हुने बताए ।

सोही समारोहमा प्राविधिक संघले गर्न लागेको नेफ्टा अवार्डको मिति समेत घोषणा भएको छ । अध्यक्ष पुष्कर लामाले आगामी दशैंदेखि तिहारभित्र विदेशमै अवार्ड गर्ने तयारी भएको जनाए ।

कमेन्ट गर्नुहोस्