फिल्म । बलिउड एक्ट्रेस कंगना रनौत बेलाबखतमा विवादमा आइरहन्छिन । यिनी पछिल्लो समय पनि उनको आगामी रिलिज ‘जजमेन्टल है क्या’को गीत सार्वजनिक समारोहमा संचारकर्मीसँग अभद्र व्यवहार गरेपछि विवादमा तनिएकि छिन् । त्यसपछि ‘इन्टरटेनमेन्ट जर्नालिस्ट गिल्ड अफ इण्डिया’ ले कंगनाले माफी माग्नुपर्ने माग गरेका थिए ।
फिल्मकी निर्मात्री एकता कपूरलाई पत्राचार गर्दै यस्तो मांग गरिएको थियो । यदि उनले माफी नमागेमा इएफजे अन्तर्गतका पत्रकारले फिल्मको बारेमा कुनै पनि खबर सम्प्रेषण नगर्ने समेत चेतावनी दिएका थिए । सो कार्यक्रममा उपस्थित एक पत्रकारमाथि कंगनाले उनी अभिनित, निर्मित तथा निर्देशित पछिल्लो सिनेमा ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’माथि गरिएको नकारात्मक टिप्पणी जानाजान र नियतवश गरिएको आरोप लगाएकी थिइन् । सो आरोपको ती पत्रकारले प्रतिवाद गरेपछि विवाद बढ्दै गएको थियो ।
कंगनाले माफी नमागेपछी प्रेस क्लब अफ इण्डियाले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो समेत इन्टरटेनमेन्ट जर्नालिस्टलाई समर्थन रहेको जनाएका थिए । यी सब हुँदै गर्दा कंगनाले प्रेस काउन्सिल अफ इण्डियाका अध्यक्ष चन्द्रमौलि कुमार प्रसादलाई कानुनी नोटिस पठाउदै पत्रकारलाई कारवाहीको मांग गरेकी छिन् । उनले वकिल रिजवान सिद्दिकी मार्फत नोटिस पठाउदै आफु अन्यायमा परेको उल्लेख गरेकी छिन् । (एजेन्सी)