‘एकलव्य’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘एकलव्य’को ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल शर्माले निर्देशित फिल्मको ट्रेलर एक्सन प्रधान रहेको छ । यसमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।

‘समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित फिल्म हो’ निर्देशक शर्माले बताए । यसमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । यसलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

दर्जन भन्दा बढी फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । यसमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीतसंगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।

कमेन्ट गर्नुहोस्