‘सानो मनले मन छुन्छ’ शिल्पा

फिल्म । प्रदर्शन मिती एक हप्ता पर सरेपछि ‘सानो मन’ युनिट यतिबेला मोफसल यात्रामा निस्किएको छ । मोफसलमा रहेका पत्रकारसंगै दर्शकलाई प्रत्यक्ष भेटघाट गर्दै जानकारी गाउने उदेश्यले टिम मोफसल यात्रामा निस्किएको हो । शुक्रबार फिल्म यूनिटले चितवनमा पत्रकारसँग अन्तरक्रिया गर्‍यो ।

अभिनेत्री शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले फिल्मको बारेमा जानकारी गराए । ‘फिल्ममा एउटा संगीतमा आफ्नो भविष्य खोजिरहेकी युवतीको भूमिका निर्वाह गरेकी छु’ शिल्पाले भनिन् ‘फिल्मले युवापुस्ताको कथालाई कहिँ कतै रिलेट गर्छ ।’

कथावस्तु प्रभावशाली लागेर ‘सानो मन’ मा अभिनय गरेको उनको भनाई छ । यस्तै, नव नायक सक्षम कृष्ण सुवेदी आफ्नो पहिलो फिल्म भए पनि निकै मेहनत गरेको बताए । उनी यस फिल्मबाट ठूलो आशा रहेको पनि बताउँछन् । निर्माता राजेन्द्र मानन्धरले फिल्मको कथा राम्रो लाथेर लगानी गरेको बताए ।

चितवन पश्चात् निर्माण टिम शनिबार पोखरा पुगेको छ । असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ मा शिल्पाको अपोजिटमा अभिनेता आयुष्मान देशराज जोशीको अभिनय रहेको छ । अभिनेता आयुष्मान काम व्यस्तता र निर्देशक सुयोग गुरुङ्ग फिल्मको कामले गर्दा मौफसल यात्रामा निस्कन पाएनन् ।

फिल्ममा विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको पनि अभिनयछ । ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यो फिल्मलाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्