११ वर्षामा लागिन् गृष्मा

संगीत । चर्चित संगीतकार राजनराज शिवाकोटीको छोरी गृष्मा शिवाकोटी ११ वर्षमा प्रवेश गरेकी छिन । पछिल्लो समय ‘गोजीमा दाम छैन’ बोलको गीत गाएर चर्चामा आएकी गृष्माले विस्तारै गायनलाई पनि आगाडी बढाउदैछिन् । ओइलियो फुलको थुङ्गो , चिरबिर चिरबिर चाचरीसँगै दुइ बाल गीत सहित ७ गीतमा स्वर दिईसकेकी गृष्माले कन्सर्टमा समेत प्रस्तुति दिईसकेकी छिन् ।

‘कहिले काही गुणगुनाएको सुन्थे त्यसपछि ट्राई गरे’ राजन भन्छन् ‘छोरीको स्वर सुहाँदो भएकैले गीतमा हाले र दर्शक तथा श्रोताले रुचाउनु पनि भयो ।’ पछिल्लो समय उनले केहि कन्सर्टमा समेत राजनको साथमा गीत गाइन । उनि पनि आफुलाई गीतसंगीतमै उपस्थित गराउने योजनामा छिन् । ‘गीत गाउने रहर छ , ठुली भएपछी राम्रो गायिका बन्ने कोसिस गर्नेछु’ गृष्माले भनिन् ।

कमेन्ट गर्नुहोस्