भिलेन बन्दैछन् शाहरुख ?

0 Shares

फिल्म । बलिउडमा हिट फ्रेनचाइज मध्यको एक हो , धुम । यसको सिरिजलाई दर्शकले रुचाउदै आएका छन् । धुममा जोन अब्राहम , धुम २ मा ऋतिक रोशन र धुम ३ मा आमिर खानले नेगेटिभ क्यारेक्टरलाई प्ले गरिसकेका छन् । यसको तिनै सिरिजमा पुलिसको भूमिकामा अभिषेक बच्चन र उदय चोपडा देखिदै आएका छन् ।

फिल्मको सिरिजमा परिवर्तन नहुने दुइ क्यारेक्टर अभिषेक र उदय नै हुन् । धुम ३ रिलिज भएको लामो समय भईसकेको छ , त्यसैले यसको चौथो सिरिजको चर्चा यतिबेला बि-टाउनमा छ । यस फिल्मलाई यशराज फिल्म्सले निर्माण गर्नेछ । यतिबेला फिल्ममा नेगेटिभ रोलमा शाहरुख खान हुन् सक्ने संकेत भारतीय मिडियाले गरेका छन् । पछिल्लो समय शाहरुखको समय बलिउडमा ठिकठाक छैन ।

यसै बीच उनलाई केहि समय यता यशराज स्टुडियोमा देखिएको छ । त्यसो त यशराज फिल्म्सले पहिला पनि धुमको सिरिजमा शाहरुख या सलमान खानलाई अभिनय गराउने तयारी गरिरहेका थिए । शाहरुख र सलमानलाइ लिएर फ्यान मेड ट्रेलर धेरै नै बनिसकेको छ । शाहरुखले त्यसो त पछिल्लो समय राजकुमार हिरानीको फिल्ममा पनि काम गर्ने तयारी गरिरहेका छन् । अब हेरौ शाहरुखले कुन फिल्म पहिला सुरु गर्छन । (एजेन्सी )

Facebook Comments