कप्स : पोष्टर रिलिज

फिल्म । आगामी १७ जेठबाट देशव्यापी रिलिज हुने फिल्म ’कप्स’ को अफिसियल पोष्टर रिलिज गरिएको छ । सार्वजनिक दुइ पोष्टरमा फिल्मको कथा झल्किने भाव कलाकारहरु मार्फत व्यक्त गरिएको छ । एक पोष्टरमा चार मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् । जसमा अनुप डिएसपीको रुपमा र संदीपा घाईते युवतीको रुपमा छन् । दोस्रो पोष्टरमा अनुप, सन्दिपा, अमित, रामराज क्षत्री र सम्राट सापकोटा छन् । फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

एक्शन तथा लभस्टोरी कथा मिश्रित यस फिल्ममा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । उनले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । यसमा अग्रज कलाकार सम्राट सापकोटाको निर्देशनसँगै लेखन रहेको छ । यो उनको यो डेब्यु निर्देशन फिल्म हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् । अनुपसँगै फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको फिल्मलाइ राम शाक्यले निर्माण गरेका हुन् । यसमा सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्