घाइते भए ‘बोण्ड’

फिल्म । हलिउडमा सफल सिरिज मध्यको एक हो ‘जेम्स बोण्ड’ । स्पाई थ्रिलर यसफिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सेरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफुलाई जेम्स बोण्डको रुपमा अगाडी ल्याईसकेका छन् । पछिल्लो समय बोण्डको रुपमा ड्यानियल क्रेग छन् । उनि सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोण्डको भूमिकामा देखिदै आएका छन् ।

जेम्स बोण्डको यतिबेला २५ औ सिरिजको छायाँकन भइरहेको छ । फिल्ममा जेम्स बोण्डको भूमिकामा ड्यानियल क्रेग नै छ । सन् २०२० को अप्रिलमा रिलिज गर्ने तयारीका साथ् भइरहेको फिल्मको छायाँकनको क्रममा एक्टर क्रेग घाइते भएका छन् । छायाँकनको क्रममा सिनेमाको सेटमा ड्यानियल लडेर घाइते भएका हुन् । उनी घाइते हुँदा फिल्मको छायाँकन जमाइकामा चलिरहेको थियो ।

घाइते भएपछि उनलाई एक्स-रेका लागि तत्कालै अमेरिका उडाइएको बेलायतको चर्चित पत्रिका ‘द सन’ मा उल्लेख छ । पत्रिकाका अनुसार सटका लागि दौडने क्रममा क्रेग लड्न पुगेका थिए भने उनलाई गोलीगाठोंमा चोट लागेको छ । चोटका कारण छायाँकन कति समयलाई स्थगित हुनेभयो भन्ने बारेमा आधाकारिक रुपमा निर्माण पक्षले केहि जानकारी सार्वजानिक गरेको छैन । यो चर्चित ब्रिटिसी जासुसी फिल्म केहि समय अगाडी निर्देशकको कारण पनि रोकिएको थियो । (एजेन्सी)

Facebook Comments