प्रदीपको ‘ह्याट्रिक’

389 Shares

फिल्म । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा हात हालेका प्रदीप भट्टराईले तेस्रो फिल्म मार्फत पनि दर्शकको मन जित्दै ह्याट्रिक गरेका छन् । जात्राबाट प्रारम्भ गरेको यात्रा उनले शत्रु गते हुँदै जात्रै जात्रासम्म ल्याउँदा पनि दर्शकको विस्वास घट्न दिएका छैनन् , उल्टै बढ्दो छ । नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समिक्षकबाट तारिफ पाउँदैन किनकी त्यो अनुसारको बन्दैन । तर , निर्देशक भट्टराईकै लेखन रहेको फिल्मले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रस्ट्याएका छन् ।

पहिलो फिल्म मार्फत विश्वास बनाउन सफल प्रदीपले दोस्रो फिल्म मार्फत आफुलाई बक्सअफिसमा प्रमाणित गरे । तेस्रो फिल्म मार्फत ह्याट्रिक गरेका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मलाई समिक्षक र दर्शकले उत्तिकै रुचाएका छन् । व्यावसायिक पाटोको कुरा गर्ने हो भने यसले शुक्रबार औसत व्यापार गरेपनि शनिवार भने आक्रामक ब्यापार गरिरहेको छ । यसको व्यापार सिंगलको तुलानामा मल्टिप्लेक्समा आक्रामक छ । बिहानैबाट काठमाण्डौका सिभिल, जय नेपाल, कुमारी, बीग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मल लगायतमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत छ ।काठमाण्डौ बाहिरका चितवन, पोखरा लगायतका स्थानमा पनि दर्शकको चाप उच्च छ ।

‘इनिसियल ब्यापार त राम्रो छ अनि साथै दर्शकले फिल्म पनि मन पराउनु भएको छ’ निर्देशक भट्टराई भन्छन् ‘हामीले कथा पाएर सिक्वेल बनाएका छौ भन्ने सार्थक भयो , दर्शकको मायाले थप जिम्मेवारी थपिएको छ ।’काठमाण्डौको गोपिकृष्ण हलमा फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले यो चलचित्रलाई उत्कृष्ट भने । अधिकांश दर्शकले यसलाई ५ मा ४.५ रेटिङ दिएका छन् । निर्देशक भट्टराईलाई पनि फिल्मको साख बचाउनुका साथै दर्शकको भरोसामा खरो उत्रिनु थियो , जुन सफल भएको छ ।

‘हामीलाई आफ्नै जात्राको दर्शक नभड्काइ थप्नु पर्ने थियो , जसमा सफल भएको जस्तो लागेको छ’ निर्देशक भट्टराई विश्वस्त सुनिए । फिल्ममा विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रबिन्द्र सिंह बाँनिया, बर्षा राउत , प्रियंका झा , राजाराम पौडेल लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । फिल्ममा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

Facebook Comments