शकुन्तला देवी बन्दै विद्या

फिल्म । बलिउडमा चर्चामा आउने गर्छिन एक्ट्रेस विद्या बालन । उनले आफ्नो चर्चालाई ‘द डर्टी पिक्चर’ मा अभिनय गरेपछि बढाउन सफल भइन् । पपुलर एक्ट्रेस शिल्क स्मिताको बायोपिक फिल्ममा टाइटल रोल निर्वाह गरेकी विद्याको ग्लामरको चर्चा निकै भयो । उनको मोटोपनलाई लिएर बन्ने गरेको गसिपलाई फिल्ममा उनले निर्वाह गरेको ग्लामर अवतारले विर्सायो । त्यसपछि उनले अभिनय गर्ने फिल्मले चर्चा बटुल्ने गरेको छ । यिनै विद्यालाई अब शकुन्तला देवीको बायोपिकमा देख्न पाइनेछ । उनि गणितीज्ञ शकुन्तला देवीको भूमिका निर्वाह गर्दैछिन् ।

शकुन्तला गणितमा निकै अब्बल विधार्थी थिइन् । उनको ज्ञानलाई विश्वले देखिसकेको छ भने नसुन्ने कमै छन् । उनलाई मानव कम्प्युटरको संज्ञा पनि दिईएको थियो । किनकी उनको गणित मानवको बसको कुरा थिएन । उनि बाल्यकाल देखि नै अध्यनमा अब्बल थिइन् नै तर उनको गणित भने निकै खस थियो । उनका नजिकका साथीले सोधेको प्रश्नको जवाफ दिन उनि सेकेन्ड लगाउथिनन् । यस कुराको जानकारी शिक्षकलाई भएपछि शकुन्तला देवीको जांच पनि गरिएको थियो । जहाँबाट उनको अद्भुत क्षमताको चर्चा सुरु भएको थियो ।

सन् १९८२ मा उनको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ मै लेखिएको थियो । त्यसपछी उनलाई विश्वले कम्प्युटर म्यान भनौ वा गणितीज्ञ भनेर चिन्ने गरेको छ । उक्त भूमिकालाई निभाउन विद्याले तयारी थालिसकेकी छिन् । उनले शकुन्तलाको नजिकका आफन्तसँग उनको बारेमा जानकारी लिईरहेकी छिन् भने आफु पनि म्याथ हेरिरहेकी छिन् । उनले ट्विट गर्दै आफु निकै उत्साहित रहेको प्रतिक्रिया पनि दिएकी छिन् । फिल्मलाई अनु मेननले निर्देशन गर्नेछन् भने यसलाई विक्रम मलहोत्राले निर्माण गर्दैछन् । फिल्म बन्ने कन्फरमेसनसँगै यसको रिलिज पनि आउँदो वर्ष सन् २०२० को समरमा हुने भनिएको छ ।

कमेन्ट गर्नुहोस्