अभिनयमा सन्यास लिएपछि के गर्छन् आमिर ?

50 Shares

फिल्म । बलिउडका मिस्टर पर्फेक्टनिस्ट आमिर खानको हरेक गतिविधिलाई बि-टाउनमा नियालेर हेर्ने गरिन्छ । किनकी उनले गर्ने हरेक गतिविधिले केहि ठोस परिणाम ल्याईरहेको हुन्छ । तर , पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत असफलता र आलोचना खेपेका आमिरले अभिनय प्रान्त आफुले गर्ने कामको बारेमा खुलासा गरेका छन् ।

उनले अभिनयमा सन्यास लिएपछि पूर्णतया निर्देशनमा होमिने बताए । ‘म केहि वर्षपछी अभिनयबाट सन्यास लिनेछु तर फिल्मनगरीमा भने निर्देशकको रुपमा सक्रिय हुनेछु’ उनले भने ‘म आफुलाई अन्तिम समयसम्म पनि फिल्ममै व्यस्त बनाउन चाहन्छु ।’ उनले आफु राजनीतिमा आउँने सोचमा नरहेको समेत प्रस्ट्याए । बलिउडका मिस्टर पर्फेक्टनिस्टको रुपमा चिनिने आमिरले सन् १९७३ मा यादो कि बारात मार्फत बलिउडमा प्रवेश गरेका थिए ।

उनले आफुलाई एक्टरसँगै गायक , संगीतकार , निर्देशक , लेखक र निर्माताको रुपमा समेत दर्शक माँझ ल्याईसकेका छन् । डेब्यु फिल्म गरेको तेह्र वर्षपछी अर्थात् सन् १९८८ मा कयामत से कयामत तकमा काम गरेपछी आमिरले फर्किएर हेर्नु परेको छैन । उनि एकपछि अर्को सफलता पाउँदै बलिउडमा अगाडी बढिरहेका छन् । अवार्ड समारोहमा नपुग्ने आमिरले आफ्नो जज दर्शक रहेको बताउदै आएका छन् । (एजेन्सी)

Facebook Comments