फिल्म । क्याप्टेन अमेरिका सिरिजलाई अन्त्य गर्दै निर्माण कम्पनि मार्भल स्टुडियोले ‘क्याप्टेन मार्भल’ को सुरुवात गरेको छ । एउटा नयाँ सुपरहिरोलाइ हेर्न दर्शक प्रतिक्षित छन् भने केहिले बिहानी देखि नै यसलाई हेरिसकेका छन् । नेपालमा अन्तिम समयमा आएर रिलिज स्थगन भएपनि यस प्रतिको चासो भने उत्तिकै छ । अन्तिम समयमा रिलिज स्थगन हुदा दर्शकले केहि आक्रोशका शब्द समेत सोसल मिडियामा लेखेका छन् । तर हामी कुरा गर्दैछौ , फिल्मको बारेमा ।
क्रिस इवान्सलाई लिएर सुरु गरिएको क्याप्टेन अमेरिका सिरिजको अन्त्यसँगै सुरु गरिएको ‘क्याप्टेन मार्भल’ लाई अस्कर विनर एक्ट्रेस ब्राइ लार्सनले अगाडी बढाउनेछिन् । उनि क्याप्टेनको रुपमा झनै शक्त्तिशाली भइ सुपरहिरो बनेकी छिन् । फिल्ममा स्यामुयल एल ज्याक्सन, क्लार्क ग्रेग, निक फुरी, फिल कउल्सन , बेन मेन्डलसन ,लशाना लिन्च लगायतको अभिनय रहेको छ । यसलाई ऐना बोडेन र रयान फ्लेकले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्राय मेल सुपरहिरोलाई अगाडी ल्याईरहेको मार्भलले यसपटक अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फिमेल सुपरहिरोलाई अगाडी ल्याएको छ ।
आफ्नै पहिचानलाई खोज्ने क्रममा विभिन्न यात्रा तय गर्ने क्यारेक्टर ब्राइ अर्थात् क्याप्टेन मार्भलले आफ्नो एक्सन मार्फत दर्शकलाई भरपुर मनोरंजन दिन्छिन् । एलियन क्री वंशको शक्तिशाली योद्धा क्याप्टेन मार्भल वक घटनाको क्रममा पृथ्वीमा आइपुग्छिन् । त्यसपछी उनलको जर्नीले दर्शकलाई भरपूर्ण मनोरंजन दिन्छ । फस्ट रिभ्यु मार्फत सकरात्मक प्रतिक्रिया बटुलिरहेको फिल्म मार्फत २१ औ सताब्दीमा ‘क्याप्टेन मार्भल’ को रुपमा नयाँ फिमेल सुपरहिरोको उदय भएको छ । तर यस अगाडी नै डिसीको वोन्डर वुमनले पनि फिमेल सुपरहिरोलाई अगाडी ल्याईसकेको छ ।











