फिल्म । बबी दोल अभिनित फिल्म ‘गुप्त’ को सिक्वेल बन्ने भएको छ । ‘दुनिया हसिनोको मेला’ बोलको गीतका कारण निकै चर्चामा आएको फिल्ममा बबीसँगै काजोल र मनिषा कोइराला लगायतको अभिनय रहेको थियो । फिल्मको सस्पेन्सलाई दर्शकले निकै रुचाएका थिए । अब यसै फिल्मको सिक्वेल बन्ने चर्चा हुन् थालेको छ । गुप्तकै निर्देशक राजीव रायले फिल्मलाई निर्देशन गर्दैछन् ।
उनले एक अन्तर्वार्ताको क्रममा सिक्वेलको आइडिया आएको बताएका छन् । ‘मलाइ आइद्या आइसकेको छ तर यसलाई फाइनल गर्न बाँकी छ’ निर्देशक रायले भने ‘बबीलाई फिल्म लिने पक्का छ अरु कास्ट फाइनल हुनेछ ।’ फिल्मलाई अगाडीकै झैँ यसपटक पनि दर्शकले थ्रिल महसुस गर्ने बताएका छन् । फिल्मको काम आउदो वर्षबाट स्टार्ट हुनसक्ने बताइएको छ । पछिल्लो समय बबीको करियरलाई ‘गुप्त’ ले अगाडी बढाउने विश्वास निर्देशक रायको छ ।
कमेन्ट गर्नुहोस्








