‘साहो’ कि दामिनी बोल्ड भएपछी (फोटो फिचर)

फिल्म । यसवर्ष प्रतिक्षित फिल्म मध्यको एक हो ‘साहो’ । पछिल्लो समय ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभास अभिनित यस फिल्मलाई दर्शकले स्वतन्त्रता दिवसको अवसरमा अर्थात् सन् २०१९ को अगस्ट १५ मा हेर्न पाउनेछन् । प्रभासको जन्मोत्सवको अवसरमा निर्माण पक्षले सार्वजनिक गरेको मेकिङ भिडियोले चर्चा पाएपछि निर्माण टिमले टिजर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् ।

मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा श्रद्धा कपूर पनि छिन । तर यतिबेला हामी चर्चा गर्दैछौ दामिनी चोपडाको । उनले हालै इन्स्टाग्राममा केहि बोल्ड तस्वीर शेयर गरेकी छिन । जसकारण उनको चर्चा बढेको छ । तस्वीरकै कारण उनले बोल्ड एक्ट्रेसको ट्याग पाएकी छिन ।

फिल्ममा लेडी अफिसरको भूमिकामा छिन् । ‘मलाइ पहिलो दिन प्रभाससँग सिन गर्न निकै डर लाग्यो किनकी उनि स्टार हुन्’ उनले भनिन् ‘तर प्रभासले मलाइ निकै सहयोग गरे त्यसकारण फिल्ममा राम्रो काम गरेकी छु ।’ उनले आफुलाई दर्शकले नोटिस गर्ने समेत बताईन । सुजीथको निर्देशनमा तयार भईरहेको यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । (एजेन्सी )

 
View this post on Instagram
 

A post shared by Damini Chopra (@daminichopraa) on

 
View this post on Instagram
 

A post shared by Damini Chopra (@daminichopraa) on

 
View this post on Instagram
 

A post shared by Damini Chopra (@daminichopraa) on

 
View this post on Instagram
 

A post shared by Damini Chopra (@daminichopraa) on

 
View this post on Instagram
 

A post shared by Damini Chopra (@daminichopraa) on

कमेन्ट गर्नुहोस्