नेपालगंजमा अनमोलको यस्तो क्रेज

फिल्म । नेपाली फिल्मनगरीमा स्टारडमको कुरा गर्ने हो भने अग्रपंक्तिमा आउने नाम हो , अनमोल केसी । उनको फिल्मलाई समिक्षकले दिल खोलेर प्रसंसा गर्न सकेका छैनन् तर दर्शकको क्रेज उनि प्रति बढ्दो छ । फलस्वरुप उनिको स्टारडम बढ्दो छ । यिनै अनमोल पछिल्लो समय होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ को प्रचारप्रसारमा व्यस्त छन् । अघिल्ला फिल्मको तुलनामा उनि यसमा कस्सिएर लागेका छन् । उनि दर्शकलाई प्रत्यक्ष भेट्दै फिल्मको बारेमा जानकारी गराइरहेका छन् ।

यसै क्रममा उनि नेपालगंज पुगे । ‘खजुरा महोत्सव’ मा सहभागी हुन पुगेका अनमोलले दर्शकलाई माया र सद्भावका लागि धन्यवाद दिए । उनले यतिको माया अहिलेसम्म नपाएको बताए । ‘मलाइ यतिको माया गर्नु हुदो रहेछ , निकै आभारी छु’ अनमोलले भने ‘नेपाली फिल्मलाई माया गर्नुस है अनि क्याप्टेन आउदै छ , फागुनमा ।’

उनले आफ्नो फिल्मसंग सम्बन्धित केहि प्रश्न गरेका थिए भने आफ्नो केहि फिल्मको गीतमा नृत्य गर्दै केहि गीत गाएका समेत थिए । करीब १० मिनेट आफ्नो प्रस्तुतिबाट दर्शकलाई मन्त्रमुग्ध बनाएपछि उनले फिल्म रिलिजपछि पुनः नेपालगन्ज आउने बाचा गरे । उक्त महोत्सवमा सोमबार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । यो जोडीले फिल्म आफ्नो मान्छेको गीत चट्ट रुमाल क्या मालुममा नृत्य गरेका थिए ।

कमेन्ट गर्नुहोस्