अनमोलले प्रस्ट्याए ‘स्टारडम’

फिल्म । प्रतिक्षित फिल्म ‘क्याप्टेन’ को ट्रेलर सार्वजानिक भएसंगै यसको चर्चाको सुरुवात भएको छ । उनको फ्यानले मात्र होइन , अन्यले पनि ट्रेलरलाई रेस्पोन्स राम्रो दिईरहेका छन् । सायद यसै कारणले उनको ट्रेलरले रेकर्ड नै बनाएको छ । युट्युबको नेपाल कन्टेनमा क्याप्टेन ट्रेलरले रेकर्ड बनाएको हो । उनको ट्रेलर सार्वजनिक भएको एक घण्टामै एक लाख भ्युज पुर्याउदै रेकर्ड बनाएको ट्रेलरले झन्डै ३१ घण्टामा १० लाख भन्दा बढी पटक हेरिएको रेकर्ड बनाएको छ । नेपाली कन्टेन युट्युबमा यो समयमा हेरिएको मध्यमा अगाडी क्याप्टेनको ट्रेलर आउछ । यस अगाडी २४ घण्टामा शत्रु गतेको गीत रुपै मोहनीलाई ८ लाख ४५ हजार पटक र छक्का पञ्जा २ को गीत नाइलनको साडीलाइ ८ लाख १५ हजारको सेरोफेरोमा हेरिएको थियो ।

ट्रेलरलाइ नै यति धेरै हेरिएको पनि पहिलो नै हो । क्याप्टेनको ट्रेलरले पाएको सफलताले अनमोलको फिल्मको इनिसियल ब्यापार कस्तो गर्छ भन्ने अड्कल वितरक तथा हल ब्यबसायीले लगाईसकेका छन् । निर्माणको समय देखि फुटवलको कथामा भनिएको फिल्मको ट्रेलरमा स्पोर्ट्ससँगै व्यवसायिक तत्व पनि छ , जसले फिल्मको व्यापार बढाउँन मदत गर्छ । अनमोलले यसमा फुटवलर बन्ने गरेको संघर्ष र सफताको कथा नै क्याप्टेन हो । फिल्मको ट्रेलर अधिकाँसलाई अटाइएको छ । फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकन उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अनमोलले आफुले फुटवललाई निरन्तरता दिने बताए ।

‘फुटवलले स्वास्थ्य पनि राम्रो हुन्छ त्यसैले फिल्मकै लागि सुरुवात गरेपनि यसलाई निरन्तरता दिन्छु’ अनमोल भन्छन् ‘फिल्मले हामीलाई एक आपसमा मजबुत बनाउछ ।’ फिल्मको ट्रेलरले पनि दर्शकको साथ् निकै राम्रो पाएको छ , जसलाई साहिल खानले तयार पारेका हुन् । फिल्ममा अनमोलसँगै सुनिल थापा , सरोज खनाल , प्रशान्त ताम्राकार , विल्सन विक्रम राई , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एमभीले डेब्यु गर्दैछन् । भुवन केसीको निर्माण रहेको फिल्ममा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको डिओपी , नवराज उप्रेतीको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पादन , चन्द्र पन्तको द्वन्द रहेको छ ।

कमेन्ट गर्नुहोस्