कपिलको शो मा फर्किदैछन् सुनिल !

टेलिभिजन । पछिल्लो समय कमेडियन कपिल शर्मा आफ्नो पपुलर शो ‘द कपिल शर्मा शो’ मार्फत टेलिभिजनमा दमदार कमब्याक गरिसकेका छन् । बलिउडका भाइजान सलमान खानले उनको शो निर्माण गरेपछि यतिबेला शो को टिआरपी पनि बढ्दो छ । गत साता मात्र उनको शो दोस्रो नम्बरमा थियो । यसैले गर्दा पनि कपिलको टेलिभिजनमा कमब्याक गज्जब रहेको सहजै अनुमान लगाउन सकिन्छ । अर्को तर्फ उनका साथि सुनिल ग्रोवरले पनि टेलिभिजन शो ‘कानपुर वाले खुरनाज’ स्टार्ट गरेका थिए । तर उक्त शो ले दर्शकको मन जित्न सकेन ।

यसैले गर्दा सुनिल पुनः कपिलको शो मा फर्किने सम्भावना बढेको छ । बलिउड लक्षित भारतीय अनलाइनमा आएको खबरलाई आधार मान्ने हो भने उनि कपिलको शो मा फर्किने लगभग तय भईसकेको छ । शो निर्माता सलमान खानले नै सुनिलल़िया यस्तो आग्रह गरेका हुन् । सुनिल पछिल्लो समय सलमानकै फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । त्यसपछि उनि शो मा फर्किने सम्भावना बढ्दो छ । त्यसो त कपिलको आमालाई सुनिलले ट्विटर मार्फत जन्मोत्सवको शुभकामना समेत दिईसकेका छन् ।

सुनिलले शुभकामना दिएसँगै यी दुईको दुश्मनी सकिदै अब मित्रता सुरु भईरहेको अनुमान धेरैले लगाएका छन् । केहि समय अगाडी अष्ट्रेलियाको शो बाट फर्किने क्रममा कपिल र सुनिल बीच झगडा भएको थियो , जसले गर्दा सुनिलले शो छाडेका थिए । त्यसपछि कपिलले पनि सफलता पाउन सकेनन् भने सुनिलले पनि टेलिभिजनमा सफलता पाएनन् । सुनिल कपिलको शो मा फर्किएमा टिआरपी रेटीङमा ‘द कपिल शर्मा शो’ नम्बर वान बन्नेमा सबै विश्वस्त छन् ।

कमेन्ट गर्नुहोस्