सर्यो ‘प्रेमलीला’

फिल्म । आउदो माघ २५ बाट फिल्म ‘प्रेमलीला’ ले आफ्नो रिलिज डेट सारेर फागुन १० मा पुर्याएको छ । उक्त मितिमा अन्य दुई फिल्म समर लभ र न यता न उताले पनि रिलिज मिति तय गरेका छन् , त्यैले पनि फिल्म दुई हप्ता परसरेको छ । साथै निर्माण पक्षले भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछी पनि फिल्म सारिएको बताएका छन् ।

वितरण कम्पनि र निर्माण टिमको सहमतिपछी नयाँ डेट तोकिएको निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काले बताईन् । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

कमेन्ट गर्नुहोस्