हलमा नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’

0 Shares

फिल्म । कोरोना भाइरसको महामारी सुरु भएसँगै गत वर्षको चैत्र पहिलो साता देखि बन्द रहेको फिल्म हल गत पौष १० देखि खुलेका छन् । यद्दपी हलमा नयाँ नेपाली फिल्म भने माघेसंक्रान्ति लक्षित गर्दै ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको छ । शिव श्रेष्ठको निर्माण तथा अभिनय रहेको फिल्मले नेपाली दर्शकलाई राहत दिने बुझिएको छ ।

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको डेब्यु अभिनय रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव , कविता र शक्तिसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायको अभिनय रहेको छ । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा यशोधा राई र दिनेश दर्शनाधारीको लगानी छ ।

खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर फिल्ममा सह–निर्माताको रुपमा छन् । दीपेश सापकोटा निर्देशित फिल्मलाई उपत्यकामा बिके फिल्म्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्