‘मारुनी’ पनि भाद्र १३ मा

फिल्म । अनमोल केसीको अभिनय रहने तथा मिलन चाम्सको निर्देशनमा तयार हुने भनिएको अनटाइटल प्रोजेक्टले भाद्र १३ लाई रिलिज डेट तय गरेको दोस्रो दिन फिल्म मारुनीको पनि रिलिज मिति सार्वजनिक गरिएको छ । निर्मात्री पुनम गौतमले बुधवार मोफसल वितरणको अधिकार एफडी कम्पनिलाई हस्तान्तरण गर्दै भाद्र १३ गते रिलिज फाइनल गरेकी हुन् । उनले वितरण कम्पनि एफडी अध्यक्ष नरेन्द्र महर्जनसँग सम्झौता गरेकी हुन् । फिल्मलाई पुनम इन्टरटेन्मेन्टको ब्यानरमा फिल्ममा पुनम गौतमले निर्माण गर्दैछिन् ।

कलाकार पुष्प खड्का , साम्राज्ञी आरएल शाह , रेविका गुरुङको मुख्य भूमिका रहने फिल्मलाई नवल नेपालले निर्देशन गर्दैछन । माघको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा दुई सुन्दरीको कथालाई देखाइनेछ । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै साइएरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । लेखक गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । फिल्मलाई सञ्जय लामाले खिच्नेछन् । काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने फिल्ममा पुनमसँगै अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्