बलिउड । सन् १९९८ मा रिलिज भएको फिल्म हो ‘कुछ कुछ होता है’ । जसलाई करण जोहरले निर्देशन गरेका थिए । करण यसै फिल्म मार्फत बलिउडमा निर्देशकको रुपमा स्थापित समेत भए । फिल्ममा शाहरुख खान , काजोल र रानी मुखर्जीको अभिनय रहेको थियो । यस रोमान्टिक लभ स्टोरीलाई पछिल्लो जेनेरेशनले पनि उतिकै रुचाएका छन् । नयाँ जेनेरेशनमा पनि यसको क्रेज देखेर हुन् सक्छ करणले यसको रिमेक गर्ने मनसाय बनाएका छन् ।
उनले आफ्नै शो ‘कफी विथ करण’ मा फिल्म ‘कुछ कुछ होता है २’ बनाउने तयारी थालेको बताए । उनले तयार मात्र नभई कास्टिङ पनि सोचीसकेको बताएका छन् । उनले फिल्ममा रणवीर सिंह , रणवीर कपूर , दीपिका पादुकोण र आलिया भट्टलाई कास्ट गर्ने सोचेको बताए । यदि करणले यो सोचलाई पर्दामा उतार्न सके भने ब्लकबष्टर फिल्म ‘कुछ कुछ होता है’ झैँ यसको रिमेक पनि पपुलर हुनेछ ।
कमेन्ट गर्नुहोस्










