जयहोस् । केहि फिल्मलाई प्रदर्शन अनुमति मिल्दैन किनकी त्यसका दृश्य या संदेशले समाजमा बिकृति फैल्याउने गर्छन । यस्ता फिल्म प्राय हलिउडमा बन्ने गर्छन किनकी त्यहाँ आफ्नो विचार स्वतन्त्र तरिकाले प्रस्तुत गरिन्छ ।
बलिउड र नेपालमा फिल्म निर्माण गर्दा कमर्सियल पार्टलाई पनि ध्यान दिइन्छ तर हलिउडमा भने निर्देशकले सोच ब्यक्त गर्छन । यसैले गर्दा विवाद तथा चर्चामा सधै हलिउड फिल्म नै अगाडी हुन्छन । आउनुस हामी केहि यस्ता फिल्मको बारेमा चर्चा गर्दैछौ , जसलाई सार्वजनिक प्रदर्शनको त अधिकार दिईएन तर पनि इन्टरनेटमा भने सर्वाधिक हेरियो ।
फिफ्टी शेड्स अफ ग्रे सन् २०१५ मा रिलिज भएको फिल्म हो ‘फिफ्टी शेड्स अफ ग्रे’ । यस फिल्मलाई इन्डियामा रिलिज गर्ने अधिकार नै दिईएन भने धेरै देशमा यसले रिलिज गर्ने अधिकार पाएन । डकोटा जॉनसन र जेमी डोरनन अभिनित यस फिल्ममा यी दुइको अन्तरग दृष्यको कारण रिलिज गर्न सहज भएको थियो । फिल्ममा यी दुइको बोल्ड सिन काट्दा फिल्मलाई असर पर्ने र नकाट्दा देखाउन नमिल्ने भएकोले गर्दा पनि फिल्म धेरै देशमा रिलिज हुन् सकेन ।
नेबर्स सन् २०१४ मा रिलिज भएको फिल्म ‘नेबर्स’ ले पनि राम्रै चर्चा पायो । निकोलस स्टोलर स्टारर यस फिल्ममा मिडल एज कपलको स्टोरी देखाइएको छ । फिल्ममा देखाइएको रोमान्सको दृश्यको कारण फिल्म निकै चर्चामा आएको थियो ।
अमेरिकन पाई सीरीज सन् १९९९ बाट २०१२ रिलिज भएको अमेरिकन पाईको सिरिजले पनि राम्रै चर्चा पायो । स्कुल र कलेजको बिधार्थीको कथा देखाईने यस फिल्ममा पनि अन्तरंग दृश्यलाई धेरै नै स्पेस दिईएको थियो । यसैले गर्दा पनि यस फिल्मलाई पनि फ्याम्लीसंग बसेर हेर्न सकिदैन ।
अमेरिकन ब्यूटी सन् १९९९ मा रिलिज भएको फिल्म ‘अमेरिकन ब्युटी’ पनि निकै चर्चामा आयो । साम मेन्देसको निर्देशनमा तयार यस फिल्ममा एक व्यक्तिको अन्तरंग सोचलाई देखाउन खोजिएको छ ।
सेक्स टेप सन् २०१५ मा रिलिज भएको फिल्म ‘सेक्स टेप’ ले पनि निकै चर्चा पायो । एक विवाहित कपलले आफ्नो सेक्सलाई टेपमा क्याप्चर गर्छन र त्यो हराउछ । त्यसपछि आउने परिस्थिति फिल्ममा रमाइलो छ तर त्यस अघि देखाइने दृश्य भने एडल्ट नै हो । फिल्ममा कैमरन डियाज और जेसन सेजल मुख्य भूमिकामा छन् ।
फ्रेन्ड्स विद बेनिफिट्स सन् २०११ मा रिलिज भएको फिल्म ‘फ्रेन्ड्स विद बेनिफिट्स’ ले पनि चेचा पाएको थियो । जस्टिन टिम्बरलेक र मिला कुनिस स्टारर यस रोमांटिक कॉमेडी फिल्मलाई युवाले निकै रुचाएका थिए । यस फिल्ममा पनि देखाइएको बोल्ड सिनको कारण परिवारसंग बसेर हेर्न सकिदैन ।
टेड सन् २०११ मा रिलिज भएको फिल्म ‘टेड’ लाई सेथ मैकफरलानले निर्देशन गरेका हुन् । यस फिल्मलाई पनि यसकै सिनले निकै चर्चामा ल्याएको थियो ।
एन्टीक्रिस्ट सन् २००९ मा रिलिज भएको फिल्म ‘एन्टीक्रिस्ट’ बोल्ड सिनकै कारण चर्चामा आएको थियो । फिल्मको सुरुवात नै सेक्स सिनबाट हुने भएकोले पनि यस फिल्मका दृश्य सेन्सरलाई काटन मुस्किल पर्यो र सार्वजनिक प्रदर्शनको लागि भने धेरै गाह्रो भयो ।
बोराट सन् २००६ मा रिलिज भएको फिल्म ‘बोराट’ पनि निकै चर्चा पायो । साचा बैरॉन कोहेन स्टारर यस फिल्मको पोस्टर नै विवादमा आएको थियो ।
शेम सन् २०११ मा रिलिज भएको फिल्म ‘शेम’ पनि बोल्ड सिनकै कारण चर्चामा आयो । फिल्मलाई स्टीव मेकक्वीनले डाइरेक्सन गरेका हुन् । माइकल फॉस्बेंडर र कारे मुलिगन स्टारर यस फिल्ममा सेक्स एडिक्टकै कथा देखाइएको छ ।
यसका साथै सन् २०१३ मा रिलिज भएको फिल्म डॉन जॉन , सन् २००४ मा रिलिज भएको फिल्म सॉ र यूरोट्रिप पनि बोल्ड सिन कै कारण चर्चामा आए । यी फिल्मलाई हलमा हेर्न त बन्देज लगाइयो तर इन्टरनेटमा भने यी फिल्म नै सर्वाधिक हेरियो ।
(एजेन्सी सहयोगमा )










