पुस ३ गतेबाट प्रदर्शनमा आउँदै ‘प्रेम अध्याय’

फिल्म । नेपाली फिल्म ‘प्रेम अध्याय’ आगामी पुस ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। प्रेमकथा र एक्सन विधामा निर्माण भएको फिल्मको प्रदर्शन मिति निर्माण पक्षले सार्वजनिक गरेको हो । किशोर चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता किरण चौधरी हुन् ।

फिल्ममा सरोज खनाल, रामशरण चौधरी, ऋचा थापा, मुकुन्द श्रेष्ठ, मुकुन्द थापा, लक्ष्मण नेपाल, किशोर चौधरी, भुलान चौधरी, विजय श्रेष्ठ र कल्पना उपाध्यायलगायत कलाकारको अभिनय रहेको छ । सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकारलाई समेटिएको छ । अर्को पोस्टरमा फिल्मका मुख्य अभिनेता रिसाहा अवतारमा देखिएका छन् ।

विष्णु परियारको छायांकन रहेको फिल्ममा किशोर चौधरीको शब्द तथा संगीत छ। फिल्ममा कमल राई र किशोर चौधरीको कोरियोग्राफी तथा किशोर चौधरीकै सम्पादन रहेको छ। फिल्मको टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन् भने पोस्टर आइडल डिजाइनर्सले निर्माण गरेको हो।

कमेन्ट गर्नुहोस्