इभाको नृत्यलाई किन गरियो आलोचना ?

फिल्म । टिकटकर इभा गिरीलाई महाभारतको पात्र द्रौपदीको रुपमा प्रस्तुत गरिएको पोस्टर सार्वजानिक गरेको केही समय पछि फिल्म ‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’ सार्वजनिक गरियो । डान्सिङ नम्बरको उक्त गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल यसको आलोचना बढेको छ । हिन्दु धर्म प्रति आस्था राख्नेहरूले महाभारतको पात्रलाई बारमा डान्स गर्दै गरेको देखाउनु उचित नभएको भन्दै आलोचना गरेका छन् ।

क्यासिनोको सेटअपमा तयार पारिएको गीतको भिडियोमा इभाको आइटम नृत्य, उनको पहिरन र महाभारतका विम्वात्मक पात्रहरूले गरेको गतिविधिलाई सामाजिक सञ्जालमा आलोचना गरिएको हो ।

भिडियोमा इभासँगै हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी र विनोद न्यौपाने पनि देखिएका छन् । वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा आर्यन सिग्देल, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको अभिनय छ।

कमेन्ट गर्नुहोस्