फिल्म । आगामी साता असोज २३ मा प्रदर्शन हुने फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ डिजास्टर जनरामा निर्माण भएको छ । भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित फिल्ममा जलविद्युत् सुरुङभित्र हुने दुर्घटना र त्यसपछि उत्पन्न हुने भयावह संकटको कथालाई प्रस्तुत गरिएको फिल्ममा नेपाली दर्शकले जम्बीलाई पनि देख्न पाउने छन् ।
विदेश लोकप्रिय विधा अन्तर्गत पर्ने भएता पनि नेपालमा यस्तो विधामा फिल्म निर्माण हुन् सकेको छैन । तसर्थ, ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ नियमित फिल्म भन्दा फरक छ । नेपाल, भुटान र भारतको संयुक्त सहकार्यमा निर्माण भएको उक्त फिल्मको प्रामाणिकता कायम राख्न मुख्य दृश्यहरू वास्तविक सुरुङभित्रै छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।
करिब १०० दिन लगाएर छायाङ्कन गरिएको फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामालगायत नेपाली तथा भुटानी कलाकारको अभिनय रहेको छ । डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको फिल्म नेपाली दर्शकको लागि भिन्न स्वाद बोकेर आएको छ ।











