विदेश । अष्ट्रेलियामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच समन्वय गर्दै वर्ककनेक्स ग्लोबल रिक्रुटमेन्टले सेवा प्रदान गर्दै आएको छ। सञ्चालक तथा निर्देशक विष्णु प्रसाद अर्याल र सह–सञ्चालक निक कार्कीको पहलमा स्थापना भएको संस्थाले विगत एक वर्षदेखि रोजगारसम्बन्धी सेवा दिँदै आएको हो।
‘प्रतिभालाई अवसरसँग जोड्दै, भविष्य निर्माण गर्दै’ भन्ने सोचका साथ वर्ककनेक्सले मुख्यतः निर्माण, स्वास्थ्य सेवा र आतिथ्य सेवाका क्षेत्रमा काम गर्दै आएको सञ्चालक अर्यालले जानकारी दिए।
कम्पनीले व्यवसायको आवश्यकताअनुसार योग्य कर्मचारी खोज्न रोजगारदातालाई सहयोग गर्दै आएको सह–सञ्चालक निक कार्कीले बताए। उनका अनुसार रोजगारी खोजिरहेका व्यक्तिलाई उनीहरूको सीप, योग्यता र अनुभवअनुसार उपयुक्त रोजगारदातासँग जोड्ने काम पनि संस्थाले गर्दै आएको छ।
अस्थायी तथा स्थायी कर्मचारी आवश्यक भएका व्यवसाय र नयाँ रोजगारीको अवसर खोजिरहेका व्यक्तिबीच विश्वासिलो सेतुका रूपमा काम गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताइएको छ।
योग्य कर्मचारी खोजिरहेका रोजगारदाता तथा उपयुक्त रोजगारीको अवसर खोजिरहेका व्यक्तिलाई संस्थासँग जोडिन वर्ककनेक्सले आग्रह गरेको छ। अष्ट्रेलियाभर रहेका नेपाली व्यवसायी तथा रोजगारी खोजिरहेका नेपालीले आफ्नो आवश्यकता र उपलब्ध अवसरबारे जानकारी लिन संस्थासँग सम्पर्क गर्न सक्ने जनाइएको छ।








