‘पाँडे नेपाल एकीकरण अभियानका एक विशिष्ट सारथी’ : रक्षामन्त्री उप्रेती

देश । आज रक्षामन्त्री हरिप्रसाद उप्रेती नेपाल एकीकरण अभियान अन्तर्गत कीर्तिपुरको पहिलो लडाइँमा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गर्नु भएका काजी कालु पाँडेको चन्द्रागिरि नगरपालिका- १ स्थित दह चोकमा रहेको समाधीस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ । सेनापति पाँडेको दुईसय ६६ औँ स्मृति दिवसका अवसरमा समाधीस्थल पुग्नुभएका रक्षामन्त्री उप्रेतीले उहाँको योगदान भुल्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल आमाको अमर सुपुत्रसँगै पाँडे नेपाल एकीकरण अभियानका एक विशिष्ट सारथी हुनुहुन्छ । उहाँको हक्की र निडर स्वभावले हामीलाई मार्गदर्शन गरेको छ ।’

कमेन्ट गर्नुहोस्