तीजमा कस्तो रह्यो ‘बेहुली’ र ‘पेन्सन पट्टा’ को व्यापार ?

फिल्म । नेपाली फिल्मका लागि तीज राम्रो समय मानिन्छ । सोही कारण तीजलाई लक्षित गर्दै आफ्नो फिल्म प्रदर्शन गर्ने घोषणा निर्माताले गर्ने गरेका छन् । यस वर्ष विसं २०८३ को तीजलाई लक्षित गर्दै प्रदर्शनमा आएको दुई फिल्म ‘बेहुली’ र ‘पेन्सन पट्टा’ लाई दर्शकले कस्तो साथ् दिए त ? यो जिज्ञासा अहिले दर्शक भन्दा बढी फिल्मकर्मीलाई छ ।

प्रदर्शनरत फिल्म ‘बेहुली’ ले घरेलुबजारमा तीजको दिन राम्रो व्यापार गरेको छ । सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्मले सोमबार ५० लाखको व्यापार गरेको बक्सअफिस स्रोतले जानकारी दिएको छ । उक्त फिल्मको एक दिनमा १७ हजार ७ सय टिकट बिक्री भएको छ ।

पारस बम ठकुरी, दिव्या रायमाझी, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै, गुरुङ फिल्मका ‘गडफादर’का रूपमा परिचित कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशन तथा लगानीमा तयार भएको फिल्म ‘पेन्सन पट्टा’ ले तीजको दिन सोमबार १४ हजार ३ सय दर्शक पाएको छ ।

बक्स अफिस स्रोतका अनुसार फिल्मले ४१ लाख रुपैयाँको ग्रस कमाइ गरेको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा स्वयम् निर्देशक गुरुङले लेखेका हुन् ।

फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, र लुनिभा तुलाधर लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्