फिल्म । गएको भदौ २६ गतेबाट प्रदर्शनरत फिल्म ‘बेहुली’ ले घरेलुबजारमा ठीकठाक सुरुआत गरेको छ । सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्मले शुक्रबार र शनिवार गरेर ७६ लाखको व्यापार गरेको बक्सअफिस स्रोतले जानकारी दिएको छ । उक्त अवधिमा २३ हजार ४ सय टिकट बिक्री भएको छ ।
पारस बम ठकुरी, दिव्या रायमाझी, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्









