‘गौँथली’को ट्रेलरमा के छ ?

फिल्म । शिक्षाको महत्व बुझाउने सामाजिक कथानक फिल्म ‘गौँथली’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । परम्परागत सोच, सामाजिक मान्यता तथा महिलामाथि हुने विभेदलाई उठाएको उक्त फिल्ममा महिलालाई महिलाले नै साथ नदिँदा उत्पन्न हुने समस्या र त्यसले व्यक्तिको जीवनमा पार्ने असरलाई समेत देखाएइको छ ।

डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि फिल्ममा देखिएका छन् ।

डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन् । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले नेपालभर वितरण गर्नेछन् भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

कमेन्ट गर्नुहोस्