‘ल्याङ्ग ल्याङ्ग’ गर्दै रिहान

फिल्म । निर्देशक बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता रिहान गिरी अनुबन्ध भएका छन्। निर्माण टिमले सोमबार असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसर पारेर रियानलाई फिल्मको मुख्य कलाकारका रूपमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।

रिहान फिल्म ‘होस्टेल-३’ बाट नेपाली फिल्म उद्योगमा प्रवेश गरेका कलाकार हुन् । अभिनयसँगै उनी गायक पनि हुन्। उनले विभिन्न गीतमा स्वर दिएका छन्।निर्देशक चौहानका अनुसार रियान फिल्मको मुख्य भूमिकामा देखिनेछन्।

गत वर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गरेका चौहान अहिले आफ्नो दोस्रो निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ को तयारीमा जुटेका छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने ‘ल्याङ्ग ल्याङ्ग’ को स्लोगन ‘हरेक युवाको कथा’ रहेको छ। यसले समकालीन युवा पुस्ताको जीवन र संघर्षलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने संकेत गर्छ। फिल्मको कथा निर्देशक बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।

कमेन्ट गर्नुहोस्