फिल्म । चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परालको आगो’ले हालसम्म ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ ग्रस कमाइ गरेको छ । बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मका लागि कुल १ लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन् । फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
ग्रामीण परिवेश र सामाजिक कथावस्तुमा आधारित ‘परालको आगो’ले प्रदर्शनपश्चात् दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । बक्स अफिसमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको बोर्डको तथ्यांकले देखाएको छ ।
कमेन्ट गर्नुहोस्










