‘गंगा रानी’मा वर्षा

फिल्म । अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । निर्देशक राजबहादुर सानेका अनुसार फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिनेछ । आहा फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् । फिल्मको लेखन तथा निर्देशन राजबहादुर सानेले गर्नेछन् ।

यससँगै निर्माण टिमले ‘कास्टिङ कल’को घोषणा पनि गरेको छ । फिल्मका पात्रका लागि ४ महिला र ४ पुरुष कलाकारको माग गरिएको हो । पुरुषतर्फ २० देखि ४० वर्ष उमेर समूह तथा महिलातर्फ १८ देखि ३५ वर्ष उमेर समूहका कलाकारले आवेदन दिन सक्ने जनाइएको छ ।

निर्माण टिमका अनुसार इच्छुक कलाकारहरूले आफ्नो परिचय भिडियो वा पोर्टफोलियोसहित दिइएको इमेलमार्फत आवेदन पठाउन सक्नेछन् । आवेदन अवधि जेठ २० गतेसम्म रहनेछ । सम्पर्कका लागि फोन र ह्वाट्सएप नम्बरसमेत उपलब्ध गराइएको छ ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायत फिल्मको लेखन तथा निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्